सकियो नाइँ न भन्नू ल ३, खुशी सञ्चिता


Sanchita-Surajग्ल्यामर नेपाल, काठमाडौं ।
चार वर्षपछि फिल्म ‘नाइँ नभन्नु ल ३’मार्फत रजतपटमा पुनरागमन गरेकी अभिनेत्री सञ्चितालाई लुँइटेललाई खुशी पार्दै फिल्मको सुटिङ सकिएको छ । चार दिनपछि फिल्मी सेटमा फर्किएको अनुभव लागेको बताउने सञ्चितलाई फिल्म राम्रो बनेकोमा पूर्ण विश्वास छ ।

सुपरहिट फिल्म ‘नाइँ नभन्नु ल’ को तेस्रो संस्करणको फिल्ममा एउटा महत्वपूर्ण भूमिका पाएपछि सञ्चिताले बाँकीका दिनमा फिल्ममा अझ सक्रिय भएर लाग्ने विश्वास लिएकी छन् । मुस्कान ढकालले डेब्यु निर्देशन गरेको फिल्म चैत्र २७ बाट अल नेपाल रिलिज हुँदैछ । सञ्चिताको अभिनयको फ्यान रहेका अघिल्ला संस्करणका निर्देशक विकास आचार्यले उनको अभिनय क्षमतालाई आफुले बुझेर महत्वपूर्ण भूमिका दिएको बताए ।

थप फोटोहरु हेर्नका लागि यहाँ क्लिक गर्नुहोस

फिल्ममा सञ्चिताको अपोजिटमा सुरजसिंह ठकुरी छन् । मेकअप निर्देशक श्याम बराल, प्रोडक्सन हेड एवं कलाकार उत्तम केसी देखि लिएर कोरियोग्राफर कविराज गहतराज एवं हेयरस्टाईलिष्ट शोभा श्रेष्ठ सम्मले संचिताको पुनरागमन निकै प्रशंनसनीय रहेको प्रतिक्रया दिएका छन् ।

४२ दिन सम्म छायाँकन भएको फिल्ममा अनुभव रेग्मी, प्रियंका कार्की, संयम पुरी, आश्मा डिसी, आर्यन सिग्देलसहित विशेष भूमिकामा निरज बराल, मुकेश ढकाल र गरिमा पन्तालाई पनि देख्न सकिन्छ ।

SUBSCRIBE 👉