निर्माता बन्दै प्रदिप, बनाउने भए चलेछ बतास सुस्तरी


Pradip-Bhardwajग्ल्यामर नेपाल, काठमाडौ ।
फिल्म लेखनमा सक्रिय युवा लेखक प्रदिप भारद्वाज अब दर्शकमाझ निर्माताका रुपमा आउने भएका छन् । अरुण फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्म ‘चलेछ बतास सुस्तरी’मार्फत प्रदिप निर्माताका रुपमा आउन लागेका हुन् । यो फिल्म हाल प्रि–प्रोडक्सनमा छ ।

फिल्मको गत बिहिबार टाइटल दर्तासँगै प्रि प्रोडक्सन कार्य सुरु गरिएको हो । अरुण फिल्मस्को तेस्रो प्रस्तुतिका रुपमा रहेको फिल्मका निर्मातामा अरुण खड्का पनि रहेका छन् भने फिल्ममार्फत सब्बु भारद्वाज र अनिला खड्का निर्देशनमा डेब्यु गर्दैछन् ।

विकास चौधरी र सन्तोष रजौरेले संगीत भर्ने फिल्मका गीतहरुको शुक्रबारबाट रेकर्डिङ शुरु भएको छ । गीतमा प्रदिपकै शब्द छ ।

भारद्वाजका अनुसार फिल्म विशुद्ध सांगीतिक प्रेमकथाको बन्नेछ । ‘फिल्मले पे्रम तथा सामाजिक कथा बोल्नेछ,’उनले भने,‘ केही अगाडीदेखि निरन्तर रहेको आफ्नो फिल्म कर्मलाई नै अझ अगाडी लैजान फिल्म बनाउन लागेको हुँ ।’

फिल्मको कलाकार तथा प्राविधिक अहिले छनौटको क्रममा छन् । अरुणले यसअघि ‘तिम्रो लागी ’र ‘पाठशाला’ नामक फिल्म निर्माण गरिसकेका छन् ।

SUBSCRIBE 👉