ग्ल्यामर नेपाल ।
हाँस्य व्यंग टेली सिरियलहरुका चर्चित तीनकलाकारहरुले आर्यन सिग्देल अभिनित नेपाली फिल्म ‘नाईके’ हेर्नका अनुरोध गरेका छन्। मंसिर १९ गतेदेखि रिलिज हुन लागेको फिल्म ‘नाईके’ हेर्न निर्मल शर्मा (गैडा), कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पांडे) ले अनुरोध गर्दै फिल्मलाई सफलताको शुभकामना समेत दिएका छन्।
उनीहरुले फिल्मको पहिलो शो हेर्न निक्कै उत्सुक रहेको बताएका छन्। ‘फिल्म निकै दमदार र मसलेदार बनेको छ, यो फिल्म हेर्न छुटाउन हुादैन।’ तीनैजनाले एकैस्वरमा भने-‘नेपाली फिल्मलाई सबैले माया गर्नुपर्छ।’
नेत्र गुरुङ निर्देशित फिल्ममा नायक आर्यन सिग्देललाई भिन्न लुक्स र भुमिकामा प्रस्तुत गरिएको छ। फिल्मको प्रोमो र गीतहरु यतिबेला निकै चर्चामा छन्। विशेषगरि फिल्मको टाईटल गीत ‘हुँ म नाईके’ फिल्मी काउन्टडाउनहरुमा शिर्षस्थानमा रहेको छ।
फिल्ममा आर्यन संगै रेम बिक, सुरविना कार्की, बोधराज रेग्मी, विजयराज सेन्चुरी, सारिका केसी लगाएतका कलाकारहरुले अभिनय गरेका छन्। विष्णु हमाल कार्यकारी निर्माता रहेको फिल्ममा जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली र आनन्द क्षेत्रीले लगानी गरेका छन्। सानुकुमार महर्जनको द्वन्द निर्देशन रहेको फिल्मलाई अर्जुन तिवारीले खिचेका हुन्। रोहन नेपालीको कोरियोग्राफि रहेको फिल्ममा संगीत भने योगेश काजी बिसी, ताराप्रकाश
लिम्बु र रमण गायकले दिएका छन्।