सुसेलीको आवाज रमाउँदै गजित–निश्मा(भिडियो)


Gajit-Nishmaग्ल्यामर नेपाल, काठमाडौं ।
आठ वर्षे बालक सौगात विष्टले निर्देशन गरेको फिल्म ‘लभ यू बाबा’ को ‘सुसेलीको आवाजमा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा अभिनेता गजित विष्ट र अभिनेत्री निश्मा घिमिरेले फिचरिङ गरेका छन् ।

मौलिक नेपाली सामाजिक विषयबस्तुमा बाबु–छोरीबिचको आत्मीय सम्बन्ध र घटना एवं परिदृश्यलाई समेटिएर निर्माण गरिएको फिल्म आगामी मंसीर २६ गतेबाट अल नेपाल रिलिज हुँदैछ । शीर्ष गीतमा राजेशपायल राई र रजिना रिमालले स्वर दिएका छन् भने गीतमा चन्द्रमणि भट्टराईको शब्द र डेनी निरौलाको संगीत छ ।

डान्स फिभरको व्यानरमा निर्मित फिल्ममा निश्मा घिमिरे, अशिस्मा नकर्मी, अनु शाह, निर्मल शर्मा, बसन्त भट्ट, अनमोल अग्रवाल, अर्जुन गुरुङ, प्रकाश बस्नेत, राजु बजाज, सुरेन बसेललगायतको अभिनय रहेको छ । गजितकै कथा रहेको फिल्ममा पटकथा तथा कोरियोग्राफी गम्भिर विष्टको छ ।

दीपक शर्मा, स्वरुपराज आचार्य, डेनी निरौला र प्रदिप बास्तोलाको संगीत, चन्द्र पन्तको द्वन्द्व रहेको फिल्ममा कृष्णहरि बराल, शान्तिप्रिय, चन्द्रमणी भट्टराई, प्रदीप बास्तोलाको गीत छ । फिल्ममा पत्रकार सुब्रत आचार्य र नायिका अनु अतिथि भूमिकामा छन् । फिल्मका निर्मातामा सम्झना पोखरेल र सहनिर्मातामा रोशनी बज्राचार्य छन् । फिल्मले सेन्सर बोर्डबाट यू सर्टिफिकेट पाइसकेको छ ।

SUBSCRIBE 👉