ग्ल्यामर नेपाल, काठमाडौं ।
बेरोजगारीले युवालाई लागु पदार्थको दुव्र्यसनमा फँसाउदै लगेको विषयलाई प्राथमिकता दिएर निर्माण गरिएको फिल्म ‘इस्केप’ माघ २३ बाट अल नेपाल रिलिज हुने भएको छ । फिल्म युनिटले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी फिल्म रिलिजको घोषणा गरेको हो ।
प्रदीप मिडिया प्रालिको व्यानरमा निर्माण भएको फिल्मका निर्देशक चर्चित फिल्म सम्पादक अनन्त घिमिरे हुन् । निर्देशक घिमिरेले फिल्मले लागु पदार्थ दुव्र्यसनमा फसेका युवाहरुको कथालाई समेट्ने बताए । फिल्ममा प्रदिप खड्का, रिमा विश्वकर्मा, कमल श्रेष्ठ, रश्मी भट्ट, मुक्ता आचार्य, प्रकाश श्रेष्ठ, सन्तोषकुमार कार्की, निश्चल खरेल, निश्चल लामालगायतको अभिनय रहेको छ ।
फिल्ममा प्रदीप खड्काको कथा, अमित श्रेष्ठको संगीत, राजु जंग थापाको द्वन्द्व र चन्द्रमान डंगोलको छायांकन रहेको छ । फिल्मका निर्माता कमल श्रेष्ठ हुन् । कार्यक्रममा फिल्मको ट्रेलर पनि देखाइएको थियो ।
