ग्ल्यामर नेपाल, काठमाडौं ।
अभिनेत्री रेखा थापा र अभिनेता सुवास थापाले क्रिस्चियन संस्कृति अनुसार विवाह गरेका छन् । उनीहरुले जावलाखेलस्थित एक चर्चमा त्यहाँका पादरीलाई साक्षी राखेर विवाह गरेका हुन् । दुवैले एकअर्कालाई जीवनसाथी बनाउँदै प्रफुल्लित देखिएका थिए । रेखा र सुवासको यो विवाह वास्तविक भने होईन् । आगामी पौष २५ गते रिलिज हुन लागेको फिल्म ‘तथास्तु’मा उनीहरुले रिल विवाह गरेका हुन् ।
वास्तविक जीवनमा रेखाले फिल्म निर्माता छविराज ओझासँग विवाह गरे पनि १२ वर्षसम्मको उनीहरुको वैवाहिक सम्बन्ध केही वर्ष अघि टुंगिएको थियो । अभिनेता सुवास पनि विवाहित अभिनेता हुन् । यो फिल्मको हाल रेड स्टुडियो किन्डलमा पोष्ट प्रोडक्सनको कार्य भैरहेको छ ।
नारी एक्सन प्रधान फिल्ममा किशोर खतिवडा र नवनायक विज्ञान जोशीले पनि अभिनय गरेका छन् । फिल्ममा बसन्त सापकोटाको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, कमल राई, रामजी लामिछाने र कविराज गहतराजको नृत्य निर्देशन छ । फिल्मको गीत ‘कहिले माया स्याड फेस’ अहिले हिट बनिरहेको छ ।