‘लोग्ने मान्छे’मा अडेको नन्दिताको करिअर


ग्ल्यामर नेपाल, काठमाडौं ।
भनिन्छ, सफलता पाउनभन्दा बचाउन मुस्किल हुन्छ। हिरोइन नन्दिता केसीको करिअरलाई हेर्ने हो भने त्यस्तै लाग्छ। छोटै समयमा नन्दिताले सोझी र व्यावसायिक हिरोइनको छवि बनाइन। मिडियामा उनका स्क्यान्डलका खबर कहिल्यै सार्वजनिक भएन तर करिअर उकास्न यही सकारात्मक छवि मात्र पर्याप्त भएन अर्थात सफलताको स्वाद लामो समयसम्म चाख्न पाइनन्। नयाँ नायिकाको प्रवेशको लहरसँगको नन्दिता ओझेल परिन्।

Nandita-kc

Actress Nandita kc

पछिल्लो दुई वर्षयता नन्दिताका कुनै फिल्म रिलिज भएका छैनन्। म्युजिक भिडियोमा सिमित हुनु परेको छ। सोही कारण फिल्मवृत्तबाट उनी पलायन भएको गाइगुई चल्न थालिसकेको थियो, जुन स्वभाविक पनि हो तर फिल्म ‘लोग्ने मान्छे’ले यो हल्लालाई गलत सावित गरिदिएको छ। लय संग्रौलाले निर्देशन गरेको यो फिल्ममा उनी दिलिप रायमाझीको जोडीका रुपमा देखिएकी छिन्। लामो समयपछि नयाँ फिल्म आउन लागेकाले हुनुपर्छ, निकै उत्साही देखिन्छिन्। प्रमोशनमा दिल खोलेर लागेकी छिन्। उसो त नन्दिताको लागि मात्र होइन्, दिलिपको करिअरमा पनि यो फिल्मले त्यतिकै अर्थ राख्नेछ। फिल्म २३ माघमा रिलिज हुँदैछ।

SUBSCRIBE 👉