काठमाडौं । फिल्म नगरीमा हट एण्ड बोल्ड अभिनेत्रीका रुपमा परिचित सुष्मा कार्कीले गत शुक्रबार धुमधामका साथ राजधानीको अनामनगरमा विवाह गरेकी छन् । अमेरिका निवासी आकाससँग उनले धुमधामका साथ विवाह गरेकी हुन् ।
नझुक्किुनहोला, उनले गरेको विवाह चाहिँ वास्तविक होईन् । हाल छायांकन भईरहेको फिल्म ‘चलेछ बतास सुस्तरी’मा प्रमुख भूमिकामा अभिनयरत सुष्माले फिल्मको एक दृश्यमा विवाह गरेकी हुन् । ‘फिल्ममा बुवाले छोरीको विवाह करकापमा गरिदिन्छन्, त्यसैको दृश्य हो यो ।’ सुष्माले प्रष्ट्र्याइन् ।
अरुण खड्का प्रोडक्सन र क्रश फिंगर्स ईन्टरटेन्टमेन्टको ब्यानरमा अरुण खड्का र प्रदिप भारद्वाजले निर्माण गरेको यस फिल्मलाई निर्देशकद्वय सब्बु सुबेदी र अनिला खड्काले निर्देशन गरिरहेका छन् । फिल्ममा प्रमोद भारद्वाज, आकास पल, निशा नेपाल, हेमन्त बुढाथोकी, पुष्प लुईटेललगायतको अभिनय रहेको छ ।
