काठमाडौं । सुशिला आर्टस एकेडेमीले कलाको प्रवर्द्धनसागै कलाकारको प्रतिभा र क्षमताको विकास गर्न राजधानीमा ‘बेस्ट डान्सर २०१५’ को आयोजना गर्ने भएको छ। रसियन कल्चर सेन्टर र जेष्ट (टाटा मोटर्स) को सहकार्यमा एकेडेमीले आगामी चैत्र २१ गते प्रतियोगिता आयोजना गर्न लागेको हो।
आयोजकका अनुसार प्रतियोगीताको निर्णायकमा अभिनेत्री मिथिला शर्मा, मनिषा कोइराला, नम्रता श्रेष्ठ रहने भएका छन। प्रतियोगितामा पहिलो, दोस्रो हुनेले विइङ ह्युमनको तर्फबाट नगद पुरस्कार र छनौटमा परेका सम्पुर्ण प्रतिस्पर्धीलाई टाटा मोटर्सको सहयोगमा सुशिला आर्टस् एकेडेमीमा छात्रवृतिसमेत प्रदान गर्नेछ।