हवल्दार सुन्तलीको घन्टी बज्यो गीतकारलाई बलात्कारको आरोप


गीतकार दिनेश सुवेदीलाई ९ बर्षकी बालिका बलात्कार गरेको आरोप लागेको छ। अहिले चर्चामा रहेको फिल्म हवल्दार सुन्तलीको गीत ‘घन्टी बज्यो’ गीतका गीतकार सुवेदीलाई कक्षा ४ मा पढ्ने विद्यार्थी बलात्कार गरेको आरोपमा गाउँलेले कालोमोसो दलेको बताईएको छ। शिक्षक पेसामा समेत रहेका सुवेदीलाई मकवानपुरको दामन पालुङमा रहेको सेती गणेश माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी बलात्कार गरेको आरोप लागेको हो।
dinesh-subedi-lyricist
सुवेदीलाई गाउँलेले आक्रमण गर्दा आक्रोशित भीडलाई नियन्त्रण गर्न प्रहरीले हवाइ फायर समेत गर्नुपरेको मकवानपुर प्रहरीले जनाएको छ। बालिकाका अनुसार सुबेदीले ती बालिकालाई दुई दिन देखि कसैलाई केही नभन्नू भन्दै फकाएका थिए। तर बालिकाको परिवारले सो घटना थाहा पाएपछि सवै कुरा सार्वजनिक भएको थियो।

सुवेदीले करन क्रेजीको फिल्म ‘जन्जिर’ मा आईटम गीत, रेखा थापाको फिल्म ‘हिम्मतवाली’मा ‘मलाई पागल बनाउँने… ‘ र छवी ओझाको फिल्म ‘हवल्दार सुन्तली’ मा गीत लेखेका छन्।

SUBSCRIBE 👉