गत बैशाख १२ गते गएको भुकम्पका कारण बन्द गरिएका विभिन्न सिनेमा हलहरु संचालन हुन थालेको छ। सिनेमा हाल संचालनमा आएपनि भुकम्पको डरले दर्शकहरु हल सम्म आउन सकेका भने देखिदैन। संचालनमा आएका हलहरुमा पनि नयाँ चलचित्रहरु कुनै पनि रिलिज नभएका कारण भुकम्प जानु पूर्व चलाईएका चलचित्रहरुले नै निरन्तरता पाएका छन्। भुकम्पले असर नपरेको सिनेमा हलमा समेत दर्शकहरुको संख्या न्यून रहेको पाईएको छ। भुकम्पका कारण अष्टनारायण, कलंकी, गुण लगायतका हलहरु संचालन हुन सकेका छैनन्।
शुक्रबार बाट संचालनमा आएको विश्वज्योती सिनेमा हलमा चलचित्र ‘नाई नभन्नु ल ३’ हेर्न जम्मा ३ जना दर्शक, गोपीकृष्ण हलमा शनिबार चलचित्र ‘हवल्दार सुन्तली’ र ‘सेतो बाघ’ हेर्नका लागि करिब सयको हारहारीमा दर्शकहरु आएको बताईएको छ। राजधानी बाहिरका भुकम्पले प्रभावित सिनेमा हलहरु संचालन भईरहे पनि भूकम्पको डरले दर्शकहरु चलचित्र हेर्न आएका छैनन्।