‘हामी सबैका लागि’ अभियान । पिडितकालागि अस्थायी घर बनाई दिदै नेपाली चलचित्रकर्मीहरु | Photo Gallery


We For All - Making Houses for Earthquake Victims by Nepali Filmy Artists (13)महाभूकम्पका कारण घर बिहिन पीडितहरुका लागि अस्थायी घर बनाउने अभियानमा नेपाली चलचित्रकर्मीहरु लागेका छन्। चलचित्रकर्मीहरुले काभ्रेको रामपुर डाँडामा अस्थायी घर बनाउन थालेका हुन्। रामपुर डाँडामा नायिका केकी अधिकारी, वेनिशा हमाल, सुरक्षा पन्त, वर्षा शिवाकोटी, नायक यस राज, जीवन लुइँटेल, दीलिप रायमाझी, निर्देशक सुरेश दर्पण पोख्रेलसहित करिब २० जना चलचित्रकर्मीहरुको टोली अस्थायी घर बनाउन व्यस्त छन्।

‘हामी सबैका लागि’ सुरु गरिएको अभियान बाट संकलित रकमले सो स्थानमा उनीहरुले पिडितका लागि घर बनाउन थालेका छन्। विभिन्न चलचित्रकर्मीहरुबाट संकलित करिब सात लाख रुपैयाँ बाट अस्थायी घर बनाउन लागिएको अभियानका संयोजक सुरेश दर्पण पोख्रेलले बताएका छन्। उनका अनुसार रामपुर डाँडामा ४० वटा अस्थायी घरहरु निर्माण गरिने लक्ष्य रहेको छ। घर बनाउने काम शुरु गरिएको पहिलो दिन पाँच घर अस्थायी निर्माण पुरा भएको छ।

फोटो ग्यालरी हेर्नुहोस्

SUBSCRIBE 👉