भेनिसमा देखाइँदै तीन करोडको कालो पोथी


काठमाडौं । निर्देशक मिनबहादुर भामले निर्देशन गरेको फिल्म ‘कालो पोथी’ इटालीको भेनिसमा हुन लागेको ७२ औं भेनिस फिल्म फेस्टिबलका लागि छनौंट भएको छ । दुई पात्रले हराएको पोथी खोज्दै जाँदा भोगेको द्वन्द्वात्मक परिस्थितिलाई फिल्मले प्रस्तुत गरेको छ ।
Kalo Pothiराजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक मिनबहादुर भामले फिल्ममा एउटा कुखुराको पोथी र दुई मानव पात्रलाई प्रस्तुत गरेर फिल्म बनाएकोमा खुशी व्यक्त गर्दै अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा देखाउन पाउनु अझ खुशीको कुरा भएको बताए ।

तीन करोड नेपाली रुपैंयाँमा बनेको फिल्ममा नेपालसहित स्वीटजरल्याण्ड, जर्मनी र फ्रान्सका संस्थाले लगानी गरेका छन् । अन्ना काच्को, छिरिङ रितार शेर्पा, मिनबहादुर भाम, देवकी राई र अनुप थापा निर्माता रहेको फिल्ममा खड्कराज नेपाली, विपिन कार्की शुक्रराज रोकाया, वेनिशा हमाललगायतका कलाकारले अभिनय गरेका छन् । नेपाली भाषामा निर्माण गरिए पनि यो फिल्म अंग्रेजी, इटालियन, फ्रेञ्च, जर्मन, स्पेनिस, जापानिज, कोरियन, चाइनिज भाषामा सबटाइटल गरिएको छ ।

SUBSCRIBE 👉