अन्तिम पल्ट भेट्न बोलाउने गायक हुन् गायक डम्बर नेपाली। उनी गायकको चौंथो एकल एल्बम मेरो सार्बजनिक भएको छ। आठ गीत समीटिएको सो एल्बममा प्रेम्, मिलन्, बिछोड्, देश भक्तीका गीतहरु छन्I जङगे, घरी घरि, रक्सी नखाइ, नेपाल नेपाल्, जन्म दिने आमा, भालेको डाक्मा, बिग्रेको मान्छे, तिम्रो पाउजु बजेर बोलको गीतहरु रहेको एल्बमलाई स्रोताले मन पराउने कुरामा डम्बर ढुक्क छन्। एल्बमका सम्पूर्ण गीत तथा संगीत उनि आफैले गरेका हुन।
रुबुशा कृएटिभ वर्क्सले बजार ब्याबस्थापन गरेको एल्बमको शीर्ष गीत ‘जङगे’ बोल्को गीत भिडियो केहि समय अघि सार्बजनिक गरिएको छ भने “बिग्रेको मान्छे” मान्छेको भिडियोलाई दर्शक श्रोताले यस भन्दा अघि नै धेरै मन पराएका थिए। युबा माझ उनि लोकप्रिय डम्बर देश तथा बिदेशका सांगीतिक कार्यक्रमहरुमा पनि उत्तिकै ब्यस्त रहने गर्छन। उनको चर्चित गीतहरु ‘आज आकस’ र ‘अन्तिम पल्ट भेट्न आउ’ ले दर्शक श्रोतहरुको मन जित्न सफल भएको थियो।
हेर्नुहोस् डम्बर नेपाली को पछिल्लो म्युजिक भिडियो – जंगे







