फिल्म ‘भैरब’मार्फत् नेपाली चलचित्र क्षेत्रमा फर्केका अभिनेता निखिल उप्रेती पुन: फिल्म ‘ईन्काउन्टर अफिसर’ मा एक्सन भुमिकामा देखीने भएका छन्। उनी आफैले निर्देशन गरेको चलचित्र ‘भैरब’ले निखीलको स्टारडमलाई फर्काएपछि उनको डिमाण्ड बढ्न थालेको छ। शनिबार कोटेश्वर महादेबस्थान मन्दिरमा चलचित्र ‘ईन्काउन्टर’ अफिसरको शुभ मुर्हत गरी छाँयाकन समेत सुरु गरिएको छ। प्रहरी निरिक्षक धर्मराज भण्डारीले क्ल्याप ठोकेर फिल्म को शुभ मुर्हत गरेका हुन्। मुर्हतमा मुख्य अभिनेता निखिल उपस्थित हुन नसके पनि अन्य कलाकारले मुर्हत शट दिए। यद्दपी निर्माण पक्षले निखिलको भने खुलेरै प्रशंसा गरे।
फिल्मलाई निर्देशक बेद प्रसाद भुर्तेलले निर्देशन गर्दैछन। उनले यस अघि फिल्म ‘कुर्बान’ र ‘संजोग’ निर्देशन गरिसकेका छन्। फिल्ममा हर्क देउवाले लगानी गरेका छन्। प्रतिक श्रेष्ठ सह-निर्माता रहने फिल्मालाई सेवान्तिका फिल्मस र एभरेष्ट फिल्मसको संयुक्त ब्यानरमा निर्माण गर्ने लागिएको हो।
निर्देशक भुर्तेलले चलचित्रले अहिले देशमा रहेको जटिल परिस्थितिलाई समेत मुख्य मुद्दाका रुपमा उठान गरेको बताए। उनी भन्छन् ‘मैले यस अघिका २ चलचित्र पुर्णरुपमा ब्यबसायिक धारका बनाए तर यो सिनेमाले राष्ट्रियतालाई पनि अगाडी बढाउनेछ’। यसो त देशमा भएका दलाली र डनहरुको ‘ईन्काउन्टर’मा पनि चलचित्र केन्द्रित हुनेछ।
फिल्ममा निखिल उप्रेती सहित दिल कृष्ण श्रेष्ठ,प्रज्वल गिरी, प्रतिक श्रेष्ठ, डिबी लामा लगायतका कलाकारको अभिनय रहनेछ भने केहि कलाकारको छनौट हुन बाँकी रहेको निर्माण पक्षले मुर्हत समारोहमा जानकारी गराएको छ। शिबम् अधिकारीले लेखेको फिल्ममा हिमाल केसीको दन्द निर्देशन, अर्जुन पोख्रेल र केशर कुमार कालिकोटेको संगीत, दिनेश पाख्रिनको नृत्य निर्देशन छ भने फिल्मलाई सौरभ लामाले खिच्दैछन्।