नम्रता आर्यन अभिनित चलचित्र “क्लासिक” को ‘हारे हारे’ गीतको भिडियो


aryan namrata classicअभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठलाई फिचरिङ गरिएको फिल्म क्लासिकको हारे हारे बोलको गीत सार्वजनिक भएको छ। युटुबबाट सार्वजनिक गरिएको गीतको भिडियोलाई कोरियोग्राफर रेनशा राइले उत्कृष्ट बनाएकी छिन्। प्रेममा हारेपछि एक यूवकले गाउने गीतमा तयार भएको छ, हारे हारे। अभिनेता आर्यन र अभिनेत्री नम्रता यो फिल्ममा दृष्टिबिहिन भूमिकामा छन्।

आर्यन सिग्देल र सुवास गिरीले मिलेर निर्माण गरेको यो फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन्। माघ २९ गतेबाट फिल्म देशभर रिलिज हुनेछ। यो गीतमा यूवराज चौलागाइको स्वर, ताराप्रकाश लिम्बुको संगीत, दिनेश राउतको शब्द छ। यो गीतको अडियो सार्वजनिक भएसँगै यसलाई रुचाइएको थियो।

SUBSCRIBE 👉