निर्माता रोज राणाले आफ्नै निर्माण निर्देशनमा बनाउन लागेको चलचित्र ‘पर्शुराम’को नाम फेरिएको छ । विराज भट्टलाई कमब्याक गराउने चलचित्र निर्माणकै क्रममा नाम चेन्ज भएको हो ।
चलचित्र बनाउने धेरै पहिले घोषणा गरे पनि ‘पर्शुराम’ नामबाट अर्कैले चलचित्र बिकाश बोर्डमा नाम दर्ता गरेपछि रोजले चलचित्रको नाम ‘पर्शुराम’बाट ‘जयपर्शुराम’ जुराएका हुन् ।
रोजले करिब एकबर्ष पहिले यो नामबाट चलचित्र बनाउने घोषणा गरेका थिए । तर कागजी प्रक्रियामा भने उनले ढिलाई गरेका कारण यो नामबाट अर्काै चलचित्र दर्ता गर्न सफल भयो ।
पहिलै नाम घोषणा गरेर नाम फेर्नु परेको रोजलाई मात्र होइन । यस अगाडी हाास्य जोडी दिपक राज गिरी र दिपाश्री निरौलाले पनि यो पहिलेको नाम अर्कैले दर्ता गर्दा फेरेका थिए । निर्माता तथा वितरक सुनिल मानन्धरको निर्माण कम्पनि श्रीराम बालाजी फिल्मस्को व्यानरमा विकास वोर्डमा रोज राणाको फिल्म ‘जय पर्शुराम’ दर्ता गरिएको छ ।
छायाँकन सकिएको यस चलचित्रको साउन २८ रिलिज मिती तोकिएको छ । चलचित्रमा विराजसँगै निशा अधिकारी र रविन तामाङ मुख्य भुमिकामा छन् ।