कन्दरा ब्याण्डको नयाँ म्युजिक भिडियो ‘भेडी गोठैमा..’ । फिचरिंग चुल्ठिम गुरुङ


चर्चित सांगीतिक समुह ‘कन्दरा’ आफ्नो पुरानो छवि झल्काउने गीतको म्युजिक भिडियो दर्शकमाझ ल्याएको छ। लोकलयमा आधारित गीतहरु गाएर स्राेता तथा दर्शकको मन जित्न सफल ‘कन्दरा’ ले यसपटक ‘भेडी गोठैमा…’ गीतमार्फत दर्शकमाझ आएको हो ।

Kandara-New-Music-Video

विगतमा थुप्रै लोक प्रिय गीत-संगीत पस्किसकेको यो ब्याण्डले केही महिनाअघि आफ्नो सोलो एल्बम ‘कन्दरा-५’ स्राेतामाझ ल्याएको थियो। सोहि एल्बममा समावेश एक कर्ण प्रिय गीतको म्युजिक भिडियो यसै साता सार्वजनिक भएको हो। पोखराको प्रतिनिधित्व गर्ने यो ब्याण्डले यतिबेला आफ्नो पुरानो छविलाई कायम राख्दै ‘भेडी गोठैमा…’ शीर्षकको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो।

ब्याण्डका गायक विवेक श्रेष्ठको स्वरको यो गीतका शब्दहरु कवि सरु भक्तले रचना गरेका हुन्। मुस्ताङका रमणीय लोकेशनमा छायांकन गरिएको यो भिडियोमा अभिनेत्री छुल्ठिम गुरुङ, राजु तथा एसआर गुरुङले अभिनय गरेका छन्।

भूषण दाहालले यो म्युजिक भिडियो निर्देशन गरेका हुन्। धिरज जंग शाहले खिचेको भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन्।

भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉