पार्श्व गायनमा जम्दै गायिका स्वेच्छा ठकुरी

नेपाली तारा सिजन ३ को उत्कृस्ट पाँच तथा महिला तर्फको बिजेता बन्न सफल भएकी नव गायीका स्वेच्छा ठकुरी नेपाली चलचित्रको पार्श्व गायनमा स्थान बनाउदैछिन्। भैरहवाकी यी गायिका बिगत तिन बर्ष देखि काठमाडौँमा रहेर गीतसंगीतलाइ आफ्नो पेशा बनाउदै आएकी छिन। उनि चाडैनै आफ्नो पहिलो सोलो एल्बम दर्शक श्रोता सामु लिएर आउदैछिन्।


सुर्य चन्द / काठमाडौँ – नेपाली तारा सिजन ३ को उत्कृस्ट पाँच तथा महिला तर्फको बिजेता बन्न सफल भएकी नव गायीका स्वेच्छा ठकुरी नेपाली चलचित्रको पार्श्व गायनमा स्थान बनाउदैछिन्। भैरहवाकी यी गायिका बिगत तिन बर्ष देखि काठमाडौँमा रहेर गीतसंगीतलाइ आफ्नो पेशा बनाउदै आएकी छिन। उनि चाडैनै आफ्नो पहिलो सोलो एल्बम दर्शक श्रोता सामु लिएर आउदैछिन्।

Swechha-Thakuri-Singer

यो वर्षको सुपरहिट चलचित्र ‘प्रेमगीत’को चर्चित गित ‘मैले सोचेको जस्तै मैले खोजेको जस्तै’ बोलको गीतमा आफ्नो सुमधुर अवाज भरिसकेकी यी गायिका सानै उमेर देखि नै स्कुलमा र स्टेज कार्यक्रममा समेत गाउने गर्थिन। उनले अहिले सम्म तिन दर्जन भन्दा बढी गीतमा आफ्नो स्वर भरि सकेकी छिन।

भविष्यमा एक चर्चित गायिका बनेर नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान बनाउन लागि परेकी गायिका स्वेच्छाले आफ्नो एल्बममा धेरै मेहनत गरेको र दर्शक श्रोताहरुले मन पराउने कुरामा उनि ढुक्क छिन्। आफ्नो परिवार तथा बिशेष गरि बुवाको साथ र सहयोग पाएर यो क्षेत्रमा अगाडी बढेकी उनि भैरहवा रुपन्देही देखि आफ्नो भाग्य गित संगीतमा चम्काउन राजधानी काठमाडौँ आएकी हुन।

SUBSCRIBE 👉