सुन्दर मुहारका लागि गोल्ड फेसियल


मानिसको रूपरंग हेरेर रूपअनुसारको सुन्दरता मापन एवं विश्लेषण गरिन्छ। सुन्दरदताको पहिलो मापन अनुहार हो। हाम्रो छालालाई राम्रो सुन्दर र स्वस्थ्य बनाउन जुन पदार्थको आवश्यकता हुन्छ, त्यो हामीलाई खानाबाट प्राप्त हुन्छ।

छालाको रङ जन्मँदाबाटै गोरो, कालो अथवा गहुँगोरो हुन्छ । मुहारको सुन्दरतालाई सौन्दर्य प्रशोधन सामग्रीले पनि बढाउने गर्दछ। हुन त यसमा धेरै परिवर्तन गर्न त सकिँदैन, तर उचित भोजन एवं रेखदेखद्वारा यसको सौन्दर्यमा वृद्धि गर्न सकिन्छ।

Gold-Facial

प्राकृतिक सुन्दरता हरेक मानिसका लागि वरदान हो र केही उचित रेखदेखद्वारा अनुहारको छालालाई सफा, सुन्दर आकर्षक र स्वस्थ बनाउने एउटा सरल माध्यम नै फेसियल हो ।हरेक व्यक्तिले गर्नुपर्ने फेसियलमध्ये गोल्ड फेसियलको अकर्षण बढ्दो छ । गोल्ड फेसियल गर्नाले छालामा छिट्टै चमक आउँछ। त्यसैले पनि यो सबैको रोजाइ हो।

गोल्डक्रिमका उत्पादन विभिन्न प्रकारका हुन्छन्। कुनै उत्पादनको प्रयोग गर्दा दूधले अनुहार पुछ्नुपर्छ भने कुनै उत्पादनको प्रयोग गर्दा आइसले पुछ्नुपर्दछ। गोल्ड फेसियलका उत्पादन उमेरअनुसार फरकफरक हुन्छन् । सुक्खा छाला भएका, उमेर पुगेका तथा साधारण छाला भएकाका लागि गोल्ड फेसियल लाभदायी हुन्छ। यो विशेष रूपमा विवाह, विशेष समारोह तथा महवपूर्ण चाडपर्व एवं पार्टीका लागि गरिन्छ।

क्तिको अनुहारको प्राकृतिक चमक लामो समयसम्म यथावत राख्न गोल्ड फेसियलले ठूलो सहयोग पुर्याउँछ। यसले छालालाई आवश्यक पर्ने पोषण तव पूरा गरी मुलायम बनाउनुका साथै प्राकृतिक चमक दिन्छ । त्यसैले, गोल्ड फेसियलको चर्चा यहाँ गरिएको छ ।

गोल्ड फेसियल गर्न आवश्यक सामग्री
फेसियल बेड, क्लिजिङ मिल्क, फेस स्टिमर, स्क्रब, टोनर, टिस्यु पेपर, मसाज क्रिम, हेड बैन्ड, गाउन, एप्रोन केप, स्पोन्ज, फेसियल ब्रस, ब्ल्याक हेड्स निकाल्ने औजार, पानी, कपास, गुलाब जल, एन्टिसेप्टिक क्रिम, इलेक्ट्रोनिक मसाजर, फेस प्याक, प्लास्टिकको कचौरा आदि।

गोल्ड फेसियल गर्ने तरिका
# फेसियल गर्नुअगाडि अनुहारलाई क्लिजिङ अथवा फेसवासले सफा गर्ने # स्क्रब लगाएर तीन मिनेट छोड्ने # त्यसपछि हल्का मसाज गर्दै सफा पानीले अनुहार पुछिदिने या पखाल्ने # गोल्ड जेल लगाएर ८-१० मिनेट त्यत्तिकै छाड्ने # चिसो पानी हातमा लिएर अनुहारमा मसाज गरी चिसो पानीमा कपास भिजाएर त्यसले पुछ्ने # भाइबे्रटिङ मेसिनले दुई मिनेट अनुहारको मसाज गर्ने # गोल्ड मसाज क्रिमले १० मिनेट जति मसाज गरी आइस स्टिम दिने वा लिने # त्यसपछि गोल्ड फेसप्याक लगाउने र नसुकेसम्म त्यतिकै राख्ने # गोल्ड फेसप्याक सुकेपछि आइस पानीले पुछ्ने र अन्त्यमा गोल्ड मस्चराइजर क्रिम लगाइदिने # यदि दिउँसोको समय फेसियल गरिएको छ भने सन ब्लक क्रिम लगाउने # साँझमा फेसियल गरिएको छ भने नाइट क्रिम लगाउने।

गोल्ड फेसियल गर्दा अपनाउनु पर्ने सावधानी
# पाकेको डन्डिफोर भएको अनुहारमा गोल्ड फेसियल नगर्ने # फेसियल मसाज गर्दा बढी दबाब नदिई हल्का रूपमा गर्ने # मिति नाघेको क्रिमहरुको प्रयोग कदापि नगर्ने # यसमा प्रयोग गरिने सामग्री निर्मलीकृत गरिएको हुनुपर्ने # क्रिमहरूमा उल्लेख भएको निर्देशन राम्ररी पालन गर्नुपर्ने।

SUBSCRIBE 👉