म्युजिक भिडियोमा तिम्ल्याहा डाक्टरहरु


सम्भवतः विश्वकै पहिलो तिम्ल्याहा डाक्टहरु डा. सौरज देवकोटा, डा.सौगात देवकोटा र डा. सौजन देवकोटाले अभिनय गरेको गीतहरुको एल्बम हौसला राजधानीमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको छ।

Doctor-Brothers

गीतकार डा. कृष्णहरी बरालले एकै दिन, एकै समयमा, एकै कोखबाट जन्मी, एकैसाथ पढी, एकैसाथ डक्टर भएका यी तीन डाक्टरहरुले अभिनय गरेको तिन गीतको म्युजिक भिडियो सार्वजनिक गरे। यी ३ डाक्टरले पिता शिवप्रसाद देवकोटाको हौसला नामक एलबमका ३ गीतमा अभिनय गरेका हुन्।

गिनीज बुकमा नाम दर्ता गर्ने तयारीमा जुटेका डाक्टर छोराहरुलाई हुर्काई बढाएपछि उनका पिता शिवप्रासादले गीत गाउने रहर पुरा गरेका हुन्। प्रमुख अतिथी डा. बरालले तिम्ल्याहा सन्तान नै डाक्टर भएको र तीनैजनाले म्युजिक भिडियोमा अभिनय गर्नु विश्वमै नौलो घटना भएको चर्चा गर्दै कीर्तिमानका लागि शुभकामना दिए।

तिम्ल्याहामध्येका जेठो डा.सौरजले गिनीज बुकमा नाम दर्ता गराउने आफुहरुको अभियानमा सबैको सहयोग रहने अपेक्षा गरेको बताए। सँगै हुर्कियौ, सँगै पढ्यौ, सागै डक्टर भयौ, अभिनय पनि सँगै गरियो उनले सुनाए। त्यसै गरी गीतकार, संगीतकार तथा गायक देवकोटाले तिम्ल्याहा सन्तानलाई हुर्काउन, बढाउन र पढाउन गर्नु परेको रोचक क्षणदेखि संघर्षको रहस्यसमेत फुकाउादै गीत गाउने आफ्नो सपना सानैदेखिको भए पनि छोराहरु हुर्के बढेपछि उनीहरुकै प्रेरणा र साथले सपना पूरा गरेको बताए।

Doctor-Music-Video

एलबम र म्युजिक भिडियोको उत्पादक संस्था विन्ध्यवासिनी म्युजिक प्रालिका प्रवन्ध निर्देशक सुवास रेग्मीले आफ्नो कम्पनी मार्फत गीत संगीतलाई समेत जोडेर गिनीज बुकमा नाम अंकित हुने अवसर पाउँदा गौरव बोध भएको बताए।

कास्कीको लुम्लेमा २०२४ साल कात्तिक १ गते माता सरस्वती देवकोटा र पिता बृहस्पति देवकोटाका सन्तानका रूपमा जन्मेका गायक शिवप्रसाद देवकोटा काठमाडौंको थलीस्थित माउण्ट एभरेष्ट मावि, थलीका संस्थापक प्रधानाध्यापकसमेत हुन्। उनी ३ दशकदेखि संगीत क्षेत्रमा सक्रिय रहादै आएका छन्। उनी गायकका साथमा कुशल गीतकार र संगीतकार पनि हुन्।

यी तिम्ल्याहा डक्टर भने २०४८ असोज ५ गते माता सकुन्तला देवकोटाका गर्भबाट शिक्षण अस्पताल महाराजगञ्जमा जन्मिएका थिए। उनीहरुले मनकामना उमावि दक्षिण ढोका, काठमाडौंबाट प्रारम्भिक शिक्षाका लिएका थिए भने त्यसपछि थलीस्थित माउण्ट एभरेष्ट माविमा पढे। कक्षामा आफुलाई उच्च चार स्थानभित्र उभ्याएका तीनैजनाले एसएलसि पनि विशिष्ट श्रेणीका साथ उतिर्ण गरे।

माइतिघरस्थित सेन्ट जेभियर्स कलेजबाट आइएस्सी गरेका तिम्ल्याहाले त्यतिवेला मध्य-पश्चिमका दुर्गम जिल्लामा झाडा पखालाको प्रकोप फैलिएर औषधोपचारकै अभावले ४ शयभन्दा बढी मानिसको मृत्यु भएको दुःखद समाचार पढेपछि डक्टर बनेर दुर्गममा सेवा गर्ने अठोट लिएका र तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले जाजरकोटमा अत्यधिक रक्तस्रावले मरणासन्न एक महिलालाई आफै चढेको हेलीकप्टरमा ल्याई उद्वार गरेको घटनाले उनीहरुलाई डक्टर बन्न थप प्रोत्साहन मिल्यो। थानकोटको दुरसञ्चार टावरमा ठक्कर खाई हवाइजाहाज दुर्घटना हुँदा धेरैजनाको विभत्स मृत्यु भएको समाचारले पनि डक्टर पढेर सेवा गर्नै घचघच्याएको उनीहरु बताउछन्।

मेडिकल कलेज अत्तरखेल, काठमाडौबाट एकैसाथ एमविविएस गरेका तिम्लयाहा अवको विषयगत विशेषज्ञताका लागि अगाडि बढेका छन्। यी तिम्ल्याहा डक्टर दाजुभाईले आफ्ना पिता शिवप्रसाद देवकोटाद्धारा गाइएका तिन गीत बोहनी बिगारेउ तिमीले, पल्लो घरको छतमा र न खुशी हुन सक्यौ तिमी बोलका गीतको म्यूजिक भिडियोमा अभिनय गरेका छन्।

यी गीतमा यी तिम्ल्याहा डाक्टरहरु डा. सौरज देवकोटा, डा. सौगात देवकोटा र डा. सौजन देवकोटाका साथमा क्रमशः सम्पदा बानियाा, केकी अधिकारी र सुवाष्णा आचार्यले मोडलिङ गरेका छन्। सबै गीत शिवप्रसादले गाएका छन् भने २ गीतमा गायक देवकोटाकै शव्द रचना छ, एक गीतका रचनाकार डा. कृष्णहरी बराल रहेका छन्। त्यस्तै २ गीतमा गायक देवकोटाले नै संगीत दिएका छन् भने एक गीतमा महेश खड्काको संगीत रहेको छ।

SUBSCRIBE 👉