गौरव र निशाको रोमान्स, सस्पेन्स र कमेडी कथामा ‘कुम्भकरण’


आकाश पल इन्टरटेन्मेन्टले प्राथमिक विद्यालयमा अध्यापन गराउने केही शिक्षकहरुको बिषयमा चलचित्र निर्माण गर्ने भएको छ। ‘कुम्भकरण’ टाईटल राखिएको चलचित्र रोमान्स, सस्पेन्स र कमेडी कथामा निर्माण गर्न लागिएको निर्माणपक्षले जानकारी दिएको छ।
Nisha-Adhikari-Gaurav-Pahari

चलचित्रमा गौरव पहारी, निशा अधिकारी, अभय बराल, आकाश पल, कुलदिप अधिकारी, सद्भाव थापा, भोलाराज सापकोटा मुख्य भूमिकामा देखिने छन्। दिपक वलीले निर्देशन गर्ने यो चलचित्र आकाश पलको प्रस्तुतीमा निर्माण हुने छ। चलचित्रको रोम वली कार्यकारी निर्माता, क्षितिज बस्नेत र खड्ग वुढाथोकी निर्माता हुन्।

चलचित्रमा महेश दवाडीको कथा, पटकथा तथा संवाद, हरी लामाको छायांकन, विनोद ढकाल, गोविन्द मधुर आचार्य र जयन जेको संगीत, सुरेन बसेलको नृत्य निर्देशन रहनेछ। प्युठान र दाङमा यो चलचित्रको छायांकन गरिने निर्माणपक्षले जानकारी दिएको छ ।

SUBSCRIBE 👉