चर्चित अभिनेत्री तथा मोडलहरुको ‘स्टाइल उत्सव’ सेलिब्रेटी र्‍याम्प शो


अभिनेत्री गौरी मल्ल, चाँदनी दनी शर्मा, उषा खड्गी, केकी अधिकारी, पुजा शर्मा, लक्ष्मी श्रेष्ठ र मोडलहरु सहित २५ जना यो शनिबार साँझ आयोजना हुने तिज विशेष कार्यक्रममा क्याट वाल्क गर्ने भएका छन्।

style-utsav

मर्निङ ग्लोरी इन्टरटेनमेन्टको प्रस्तुतिमा त्रिपुरेश्वरस्थित ब्लु बर्ड मलमा रहेको मुडस लञ्जमा ‘स्टाइल उत्सव’ नामक तिज विशेष सेलिब्रेटी र्‍याम्प शो हुने हुँदै छ। सोहि कार्यक्रममा १२ जना बालबालिकाहरु पनि र्‍याम्पमा उत्रने छन्। प्रतिमा श्रेष्ठले कोरियोग्राफी रहने उक्त शोमा सेलिब्रेटीहरु र्‍याम्पमा उत्रिने छन्।

बेटर ग्यालेक्सीको ब्यबस्थापनमा हुने कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन एक खुट्टाले नृत्य गरेर चर्चित बनेकी नृत्यांगना रोमा न्यौपाने, गायिका प्राश्ना पाण्डे र दिना पाण्डेको पनि प्रस्तुति रहनेछ। कुन्ती मोक्तान र देविका बन्दनाले पनि आफ्ना चर्चित गीत सुनाउनेछन्।

बेटर ग्यालेक्सीका प्रमुख धिरज तण्डुकारले शोलाई भव्य र सभ्य बनाउन सक्दो प्रयाश गरेको बताएका छन्। बेटर ग्यालेक्सीले हालसम्म ‘भ्यालेन्टाइन सेलिब्रेटी वक’, ‘मनसुन फेसन परेड’, ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस’, ‘मिस टिन नेपाल’ र ‘कायरा रनवे’ जस्ता चर्चित थुप्रै फेशन तथा मनोरन्जनात्मक कार्यक्रमहरु गरिसकेको छ।

SUBSCRIBE 👉