रहेनन् “वारि जमुना पारि जमुना…” चर्चित गीतका गायक खेमराज गुरुङ्


‘वारि जमुना पारि जमुना… जमुना को फेदैमा मनकामना… ” चर्चित गीतका गायक खेमराज गुरुङको निधन भएको छ। ४२ वर्षीय गुरूङको मेडिकेयर अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ निधन भएको अस्पतालले जनाएको छ। गुरुङको निधनको खबरले अस्पताल परिसरमा भिडभाड लागेको छ।

Khemraj-Gurung

उनलाई ‘जण्डिस’ लागेपछि १० दिनअघि अस्पताल भर्ना गरिएको थियो। तर, स्वास्थ्य बिग्रिँदै गएपछि सघन उपचार कक्ष (आईसीयूमा) राखिएका उनको अवस्था थप नाजुक भएपछि विहान ८ बजेतिर भेन्टिलेटरमा राखिएको थियो। चिकित्सकहरुका अनुसार उनको कलेजो कामै नलाग्ने अवस्थामा पुगेको र मिर्गौलामा पनि समस्या देखिएको थियो।

उनलाई थप उपचारका लागि बिहीबार दिल्लीको मेदान्त अस्पताल लैजाने तयारी गरिएको थियो। तर उनको अवस्था झन् झन् नाजुक भए पछि दिल्ली लैजान उपयुक्त नभएको चिकित्सकको सुझावपछि अन्तिम समयमा क्यान्सिल गरिएको थियो।

गायक गुरुङका जीवन, जीवन–२, अनमोल, धरान–पोखरा, सोल्टी, आलुतामा, ढाक्रे र घुमफिर एल्बम निस्किएका छन्।

SUBSCRIBE 👉