मन मुटु नदुख्ने के छ औषधी?- भिडियो हेर्नुहोस्


पहिलो पटक चर्चित गायक शिव परिवार र प्रमोद खरेललाई एक साथ गजल गाउन लगाएर चर्चामा आएका गीतकार नृपेश उप्रेतीको नयाँ गजलको भिडियो “मन मुटु नदुख्ने के छ औषधी ?” रिलिज भएको छ।

Bishal-Ghimire-Nripesh-Upreti

नबोदित गायक विशाल घिमिरेको आवाजमा सजिएको यो गजलमा जोनी योञ्जनले संगीत भरेका हुन। यसअघि “जति धेरै” बोलको गीत सार्वजनिक गरेका गायक घिमिरेलाई संभावना बोकेका गायकको रुपमा हरिएको छ। पुर्व झापालाई कर्मभुमी बनाएर संगीतमा होमिएका गायक घिमिरे पुर्वाञ्चलमा निकै चर्चित पनि छन। उनले झापामानै संगीतकार कृष्ण योञ्जन बाट संगीतको प्रशिक्षण लिएका हुन र उनी हरेक बिधाका गीत गाउन पोख्त मानिन्छन्।

गीतकार उप्रेतीका यस अघिका सबै गीत गजलहरु चर्चित तथा स्थापित गायक गायिकाहरुले गाएका छन। यो पाली किन नयाँ गायक त भन्दा उनी यसो भन्छन “आफ्नै जिन्दगी आफैलाई भारी भारी भाको छ” बोलको गजलको सफलता पछि विशाल भाइले एउटा गजल लेखिदिन अनुरोध गरे र उहाँको आवाज सुन्दा राम्रो संभावना बोकेको गायकको रुपमा पाए पछि उनीसंग काम गरेको हुँ।”

गायक घिमिरेसंग निकै प्रभावित गीतकार उप्रेती उनले यो गजललाई पुर्ण न्याय गरेको बताउँछन्। बिगत लामो समय देखि बेलायतमा बसोबास गर्दै आएको गीतकार उप्रेती कुनै समय नेपालमा सक्रिय पत्रकारिता गर्दथे। उनको गत साल नौ वटा गीत गजलहरुको संग्रह आहान अर्को खुशी सार्वजनिक गरेका थिए।

भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉