आल्मोडाको “फन्टास्टिक” भिडियो गीतलाई यु ट्युवले हटायो!


दर्शक श्रोता माझ निकै नै चर्चित गित “फन्टास्टिक”को भिडियो यु ट्युवले हटाई दिएको छ। अल्मोडा राना उप्रेतिको स्वर, शब्द एवं संगीत रहेको गीतको भिडियोलाई युट्युबमा अर्कै गायकले प्रतिलिपि अधिकार दाबि गरेपछि युट्युबले यो गीत हटाएको हो। गायक मन श्रेष्ठले यु ट्युबमा प्रतिलिपि अधिकार दाबि गरेका हुन्। आफुले १० वर्षदेखि “पानि पर्यो असिना झर्यो, दाईको रुमाल भाउजुलाई मन पर्यो” लोक धुन गाउदै आएको उनले बताएका छन्।

Almoda Rana Upreti Funtastic

सांगितिक कार्यक्रम प्रस्तुतिका लागि अष्टे्रलिया पुगेका अल्मोडाले “पानि पर्यो असिना झर्यो, दाईको रुमाल भाउजुलाई मन पर्यो” लोक धुन भएकाले कसैको ब्यक्तिगत सम्पति नहुने प्रतिक्रिया दिएका छन्। अहिले युट्युवमा यो गीतको कभर डान्स तथा लिरिकल भर्सन मात्रै हेर्न सकिन्छ।

SUBSCRIBE 👉