स्वर्गद्वारीबाट चलचित्र ‘कुम्भकरण’को छायांकन शुरु


चलचित्र “कुम्भ करण”को शुभसाइत गर्दै सुटिंग शुरु गरिएको छ। प्यूठानको प्रसिद्ध मन्दिर स्वर्गद्धारीमा चलचित्रको शुभसाइत गरिएको हो। कलाकार, प्राविधिकको उपस्थितीमा प्रस्तुतकर्ता एवं कलाकार आकाश पलले शुभसाइत गरेका थिए।

Kumbha-Karan-1

आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यो चलचित्रलाई दिपक वलीले निर्देशन गर्दैछन भने क्षितिज बस्नेतको लगानी रहने चलचित्रको कार्यकारी निर्माता रोम वली हुन्। चलचित्रलाइ हरी लामाले छायाँकन गर्दैछन्।

Kumbha-Karan-2

चलचित्रमा गौरव पहारी, अभय बराल, भोलाराज सापकोटा, निशा अधिकारी, प्रतिभा क्षेत्री, आकाश पल र सद्भाव थापाको मुख्य अभिनय रहने छ। एक गाउँको स्कुलमा पढाउने शिक्षकहरुको कथा माथि यो चलचित्र निर्माण गरिन लागेको हो।

Kumbha-Karan-3

SUBSCRIBE 👉