गायिका कुन्ती मोक्तान र देविका वन्दनाको लाईभ प्रस्तुति – सेलिब्रिटीहरुले मर्काए कम्मर! फोटो फिचर


चर्चित गायिका कुन्ती मोक्तान र देविका वन्दना पहिलो पटक एकै स्टेजमा देखिए। पार्टी फेस्टाले काठमाडौ स्थित आर्मी अफिसर्स क्लवको सभा भवनमा आयोजना गरेको “म्युजिकल नाइट विथ कुन्ती मोक्तान एन्ड देबिका बन्दना” मा एकै पटक देखिएका हुन्। यो सांगीतिक साँझलाई क्रोम्याटिक ब्यान्डले साथ दिएको थियो।

Kunti Moktan & Devika Bandana

कार्यक्रम को फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

गायीका कुन्ती मोक्तानले माथी माथी सैलुङ्गेमा…, गोठालो जाँदा लाएको माया…, लालीगुरास अजम्बरी र चम्पा चमेली… लगायत दर्जनौ चर्चित गीतहरु प्रस्तुत गरिन भने गायीका देवीका वन्दनाको यस्तै रहेछ यहाको चलन…, भरे आउछु सपनीमा… , अच्छा लेकीन लन्डनको चिसोले समाउला… लगायतका थुप्रै सुपर हिट गीतहरुप्रस्तुत गरिन्। गायिका कुन्ती मोक्तान र देविका वन्दनालाई गायक शिला बहादुर मोक्तान र विजेश पौडेलले साथ दिएका थिए।

kunti-moktan-and-devika-bandana-musical-night-15

यी चर्चित गायिकाहरुले गीत प्रस्तुत् गरिरहँदा अभिनेत्री बशुन्धरा भुसाल, करिश्मा मानन्धर, संचिता लुइँटेल र पवित्रा आचार्य लगायतका थुप्रै सेलिब्रिटिहरुले फ्लोरमा कम्मर मर्काए। दर्शकहरुले खचाखाच भरिएको हलमा तालि र कैयौ पटक वान्समोरको सिमा रहेन। साँझ ६ बजे शुरु भएको कार्यक्रम राती ९ बजे अवेर सम्म चलेको थियो। यसअघि पनि पार्टी फेस्टाले गायिका देविकाको एकल साँझ गरेको थियो।

kunti-moktan-and-devika-bandana-musical-night-27

कार्यक्रम को फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉