रमेशराज पाठकको ‘आफ्नो मान्छे आफ्नै हुन्छ’


गायक रमेशराज पाठकको आधुनिक गीति एल्बम “आफ्नो मान्छे आफ्नै हुन्छ” राजधानीमा एक कार्यक्रमका विच सार्बजनिक गरियो। एसएसपी मिलन थापा, सशस्त्र प्रहरीवल उपाध्यक्ष सरिता कणेल खनाल, निर्माण व्यवसायी विमला लामीछाने, संगीतकार टिका भण्डारी, गायक सिताराम पोखरेल, मिसेस नेपाल कविता राईले संयुक्त रुपमा रमेशको सोलो गीति एल्बम लोकार्पण गरेका हुन्।

afno-manchhe-afnai-hunchha-releasing-program

नदिसरी वगी रह्यो जवानी सलल…, सँगसँगै हिडौन ए मेरो दिलको राजा…, मुलको चिसो पानी…, आँखामा राख्दा न बिझाउने फुल जस्तै तिमी… बोलको ४ गित रहेको एल्बममा रमेशराजलाई अन्जु पन्त, माण्डवी त्रिपाठी र राजु परियारले गायनमा सघाएका छन्। एल्बमका सम्पूर्ण गीतहरुमा गीतकार दिपक राज पाठकको शब्द र विपिन आचार्यको संगीत छ। दिपकराजको एकल शब्द र बिपिन आचार्यको एकल संगीतमा दुई महिना भित्र यो समेत ४ एल्बम बजारमा आइसकेको छ।

afno-manchhe-afnai-hunchha-audio-album-cover

कर्यक्रममा एल्बममा शमाबेश “मूलको चिसो पानी…” र “नदिसरी वगी रह्यो जवानी सलल…” बोलको गीतको २ म्युजिक भिडियो पनि प्रिमिएर गरिएको थियो। समन अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा क्रमश: नायक गजित विस्ट र नायिका अनु शाह तथा सुप्रिया कटुवाल, उत्तम पाठक र कसिस दाहालले अभिनय गरेका छन्।

पहिलोपटक गायकका रुपमा सोलो एल्बम लिएर श्रोतामाझ आएका रमेश काभ्रेमा जन्मिएर लगनखेलमा हुर्किएका हुन्। उनि हाल अमेरिकामा छन्। एघार वर्षको उमेरदेखि हार्मोनियम बजाउन थालेका गायक रमेशराज पाठकले करिब दुई वर्ष मानसिंह थुलुङसँग संगीत सिकेका छन्। उनका सङ्गीत सिक्ने सहपाठीमा चर्चित संगीतकार आलोकश्री पनि थिए।

रमेशको गजित विस्ट र अनु शाह ‘मुलको चिसो पानी…’ भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉