सफल थियो यात्रा हाम्रो… रविनको गिरीको म्युजिक भिडियो


युवा गायक रविन गिरीको पछिल्लो यूगल गीत ‘सफल थियो यात्रा हाम्रो…’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। उनि साउदी अरबस्थित अल्मराई डेरीमा वरिष्ठ खाध्य वैज्ञानिकको रुपमा कार्यरत छन्। सांगीतिक प्रस्तुतीका कारण प्रवासी नेपालीमाझ लोकप्रिय गायक रविन गिरीले यो गीतमा गायिका अप्सरा घिमिरेको साथ पाएका छन्।

subash-parajuli-music-video-photo-with-samprada-baniya

रवि मल्लको संगीतको यो गीतका शब्दहरु रिदम रसाइलीले रचना गरेका हुन्। उदयराज पौडेल यो गीतका संगीत संयोजक हुन्। गायक गिरीले निकट भविष्यमै एकल एल्बम सार्वजनिक गर्ने घोषणा समेत गरेका छन्। सतिश श्रेष्ठ निर्देशित यो म्युजिक भिडियोमा सम्पदा बानिया तथा सुवास पराजुलीले अभिनय गरेका छन्।

SUBSCRIBE 👉