‘वल्र्ड कप इन नेपाल’को मार्मिक गीत रिलिज


world-cup-in-nepalग्ल्यामर नेपाल, काठमाडौं । नेपाल विश्वकप फुटबल प्रतियोगितामा सहभागी हुने कहिले हो ? टुंगो छैन् तर एउटा फिल्मले भने नेपाललाई विश्वकपमा पुराएको छ। रामशरण पाठक निर्देशित फिल्म ‘वल्र्ड कप इन नेपाल’ले विश्वकपको सपना देखाएको हो। आउँदो वैशाख १९ गतेबाट देशभर प्रदर्शन हुने फिल्मको ‘म त सानो मान्छे’ बोलको गीतको भिडियो रिलिज गरिएको छ। चलचित्र विकास बोर्डले ‘बिशेष चलचित्र’को रुपमा पुरस्कृत गरेको यो फिल्मले विदेशमा विभिन्न अवार्डहरुसमेत जितिसकेको छ। यो फिल्मलाई दर्शना आर्टस्ले वितरण गर्दैछ।

फिल्ममा नेपालको एउटा गाउँमा फुटबल खेल्ने किशोरहरुको विश्वकप खेल्ने सपनालाई मार्मिक ढंगले प्रस्तुत गरिएको निर्देशक पाठकले बताए। गाउँले स्कुले बच्चाहरुको फुटबल खेलेर देशको नाम उच्च बनाउने सपना र त्यस भित्रका पारिवारिक बाधा अड्चन तथा छुवाछुतले समाजमा पुर्‍याएको नकारात्मक सन्देशको खण्डन जस्ता कुराहरु देखाइएको छ। जुगल डंगोलको संगीत तथा प्रकाश थापाको प्रस्तुतीमा राम तामाङ् निर्माता रहेको यस चलचित्रका सहनिर्माता बिदुर बिष्ट र सुर्य सिम्खडा हुन्।

नेचुरन मुभी मेकर्सको ब्यानरमा निर्माण ‘वल्र्डकप इन नेपाल’मा सोनु केसी, शर्मिला शर्मा, संगम राई, कुलचन्द्र पुरी, भिम प्रसाद मैनाली, गिरी प्रसाद पुन, गोपाल अर्याल, सुजन तामाङ्, उमेश थापालगाएतका कलाकारको अभिनय रहेको छ। एन्फा अण्डर १९ टिमका खेलाडीलाई समेत फिल्ममा देख्न सकिन्छ। मनिष पन्थले खिचेको फिल्मलाई राजु भण्डारीले सम्पादन गरेका हुन्।

SUBSCRIBE 👉