एन.बि. दाहालको गीतमा निराजन र मिराको अनस्क्रिन रोमान्स


नेपाली सुगम संगीतका पुराना गायक, संगीतकार तथा गीतकार एनबि दाहालको नयाँ म्युजिक भिडियो ‘तिम्रो दिल चोरेकै हो ..’ रिलिज भएको छ। लामो समय देखी अमेरिकामा बसोबास गर्दै आउनुभएका एनबि दाहाल आँफैले शब्द तथा संगीत दिएको यस् गीतको म्युजिक भिडियोमा मोडेल निराजन प्रधान र नायिका तथा गायिका मिरा गुरुङलाई देख्न सकिन्छ। म्युजिक भिडियोमा २ प्रेमी प्रेमिका बिचको रोमान्सलाई कलात्मक ढंगबाट उतारिएको छ।

nb-dahal-music-video

नेपाली संगीतमा ३ दसक भन्दा बढी समय देखी सकृय दाहाल गायक, गीतकार र संगीतकारको रुपमा परीचित हुनुहुन्छ। निराजन पछील्लो समयमा ब्यस्त मोडेल हुन भने मिरा गुरुङ, गुरुङ भाषी चलचित्रकी अभिनेत्री हुन। उनी पछील्लो समय गायिकाको रुपमा पनि प्रस्तुत भएकी छिन्। गायिका तथा मोडेल मिरा गुरुङको म त गुरुङको छोरी र मायालाई भने दुई भिडियो रिलिजको तयारीमा छन।

आर्टिस्ट नेपाल प्रोडक्सनले निर्माण भएको यो म्युजिक भिडियोलाई संचारकर्मी तथा निर्देशक नव ढुंगेलले निर्देशन गरेका हुन। ढुंगेलले यो भिडियोलाई पोखरा तथा काठमाण्डौंको मसला कटेजमा छायाँकन गरेका हुन्। अमृत सुनुवारको छायांकन, माधव बेल्बासेको सम्पादन रहेको यस् गीत तथा भिडियोलाई ‘आर्टिस्ट नेपाल नेटवर्क’ले बजार ब्यबस्थापन गर्न लागेको हो।

SUBSCRIBE 👉