सात वर्ष पछि गायक जगदीश समालको नयाँ म्युजिक भिडियो रिलिज


सात वर्ष पछि गायक जगदीश समाल एक आधुनिक गीतका साथ सांगीतिक क्षेत्रमा झुल्कीएका छन्। जगदीश समालको केहि दिन अघि ‘आज पनि त्यस्तै भयो ..’ बोलको मिठो आधुनिक गीतको म्युजिक भिडियो रिलिज भएको हो। म्युजिक भिडियोमा जीवन भट्टराई र अनु शाहले अभिनय गरेका छन।

Jivan Bhattarai | Anu Shah

गीतकार आर. बि खड्काको एकल शब्द र संगीतकार अर्जुन रसाइलीको एकल संगीतमा म्युजिक जोय मीडीयाले बजारमा ल्याउन लागेको एल्बम ‘तिम्रो तस्बिर ‘को यो पहिलो भीडीयो हो। मनोज बिष्टको निर्देशनमा तयार भएको म्युजिक भिडियो ज्ञानेन्द्र शर्मा हुमागाईंले खिचेका हुन्। भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ।

SUBSCRIBE 👉