प्रेमीले प्रेमिकाको किन गरे हत्या? हेर्नुहोस स्वरुपराज आचार्यको नयाँ म्यूजिक भिडियो


मोडल राजेन्द्र लुईटेलले आफ्नै प्रेमिकाको हत्या गरी पागल भएका छन्। यो वास्तविकता नभई चर्चित गायक स्वरुपराज आचार्यको स्वरमा रहेको गीतको म्यूजिक भिडियोमा शमाबेश गरिएको दृश्य हो। गीतमा भवानी पोखरेलको शब्द र लालबहादुर सुब्बाको संगीत छ।

swoorup-raj-acharya-music-video

किर्तिपुरको विभिन्न ठाउँमा छायांकन गरिएको यस म्युजिक भिडियोमा प्रेम, विछोड, आबेग र त्यसले निम्त्याएको परिणामलाई देखाउन खोजिएको छ। भिडियोमा मोडल राजेन्द्र लुईटेल सहित अनिल श्रेष्ठ, सलिना आचार्य, रामकृष्ण श्रेष्ठ, दिनेश श्रेष्ठको पनि अभिनय छ।

युवा निर्देशक सञ्चारकर्मी नव ढुंगेलको निर्देशनमा निर्माण भएको भिडियो अमृत सुनुवारले खिचेका हुन भने सम्पादनमा माधव बेल्बासेले गरेका छन्।

SUBSCRIBE 👉