प्रिमियर शोपछि ‘वल्र्ड कप इन नेपाल’को तारिफ


world-cup-in-nepalग्ल्यामर नेपाल, काठमाडौं । वैशाख ९ गतेबाट सार्वजनिक प्रदर्शन हुने फिल्म ‘वल्र्ड कप इन नेपाल’को प्रिमियर शो गरिएको छ। फिल्म हेर्न खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, मुख्यसचिव लिलामणी पौडेल, एमाओवादी नेतृ हिसिला यमी, एन्फा अध्यक्ष गणेश थापा, नेपाली राष्ट्रिय फुटवल टिमका पुर्वकप्तान हरि खड्का कुमारी हल पुगेका थिए। फिल्म हेरिसकिसकेपछि अधिकांशले फिल्मको तारिफ गरेका थिए।

खेलकुद मन्त्री पौडेलले फिल्मले फुटबलप्रति नेपालीको लगाव, मेहनत र सपनालाई देखाएको भन्दै प्रसंशा गरेका थिए। उनले यस्ता फिल्महरु बन्नु निकै सुखद पक्ष रहेको प्रतिक्रिया दिए। एन्फा अध्यक्ष थापाले फिल्मको कथावस्तु र कलाकारको अभिनयको प्रसंशा गरेका थिए। थापाले भने, ‘कथावस्तु, कलाकारको अभिनय र प्रस्तुतीको कारण फिल्म अब्बल बनेको छ।’ उनले फिल्म युनिटलाई सहयोग गर्ने संकेत पनि गरेका छन्। यो फिल्म विश्वकप फुटवल नेपालमा आयोजना गरिएको सपना बुनेको छ। फुटवलको विषयमा नेपालमा धेरै फिल्म नबनेकोले पनि यस्तो ‘वल्र्ड कप इन नेपाल’ले धेरैको ध्यान तानेको छ। त्यस्तै, राष्ट्रिय टोलीका पूर्वकप्तान खड्काले फिल्मले मन छोएको प्रतिक्रिया दिएका थिए। उनले फिल्मको विषयवस्तु निकै मार्मिक भएको भन्दै फिल्म युनिटलाई धन्यवाद दिएका थिए। प्रिमियर शोमा उपस्थित भएका अधिकांशले फिल्म आमनेपालीले हेर्नुपर्ने बताएपछि निर्माण पक्ष दंग परेको छ।

प्रकाश थापाको लागि रहेको ‘वल्र्ड कप इन नेपाल’लाई रामशरण पाठकले निर्देशन गरेका हुन्। फिल्ममा उमेश थापा, सोनु के.सी, गिरी प्रसाद पुन, शर्मिला शर्मा, संगम राई लगायतकलाकारको अभिनयय रहेको छ।

SUBSCRIBE 👉