ठमेल बजारकी एलिशा सँग पवनको एस्तो छ साइनो… !


गायक पवन थिङले गाएका गीतहरुको एल्बम ‘साइनो’ मा समावेश नेपाली लोक पप शैलीको ‘साइनो…’ को म्युजिक भिडियो रिलीज गरिएको छ। सञ्चारकर्मी भरत शाक्यको प्रमुख आथित्यमा आयोजित प्रिमियर समारोहमा गायक थिङले साइनो…गीतका बारे जानकारी गराएका थिए। त्यसक्रममा गायक थिङले पश्चिम नेपालको लोक लयमा आधारित ‘साइनो…’ स्रोताको रोजाइमा पर्न सक्ने धारणा व्यक्त गरे।

alisha-rai-pawan-thing-music-video

प्रिमियर गरिएको गीतमा गायक थिङकै शब्द समावेश छ भने प्रेम गुरुङले यो गीतलाई संगीतबद्ध गरेका हुन्। फणिन्द्र राई गीतका संगीत संयोजक हुन्। निकेश खड्काद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा गायक थिङ आफैंले अभिनय गरेका छन्। अभिनयमा उनलाई एलिशा राईले साथ दिएकी छिन्। एलिशा चलचित्र ‘लुट–२’ ठमेल बजार…गीतमा आइटम डान्स गरेपछि चर्चामा आएकी कलाकार हुन्। अर्जुन तिवारी तथा उनको समुहले धुलिखेलमा छायांकन गरेको यो भिडियोलाई रोमान्टिक शैलीको दृष्य समावेश छ।

भिडियो प्रिमियर समारोहमा सञ्चारकर्मी भरत शाक्यले गायक थिङको गायकी, अभिनय तथा म्युजिक भिडियोको प्रसंसा गरे। गीतकार किशोर घिमिरेले गीतको शब्द तथा सांगीतिक पक्षको चर्चा गरेका थिए।
भिडियो हेर्नुहोस :

SUBSCRIBE 👉