नयाँ वर्षमा हसनराजा खानको ‘रोमियो’


एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भईरहेको फिल्म ‘रोमियो’को हाल सम्पादन भईरहेको छ। यो फिल्मलाई आऊँदो बर्षको वैशाख महिनामा रिलिज गर्ने तयारी गरिएको छ। निर्माता तथा नायक हसनराजा खानले भने– “हामीले वि.सं २०७२ सालको वैशाख २९ गते चलचित्र रिलिज गर्ने तय गरेका छौ।” वितरक सँग छलफल गरेर यो मिति तय गरिएको उनले बताए।

Nepali Movie Romeo

प्रेम कथामा तयार भएको यो फिल्मलाई शंकर कार्कीले निर्देशन गरेका हुन्। शंकर यहि फिल्मबाट रजतपटमा निर्देशकको रुपमा भित्रदैछन्। फिल्ममा नीशा अधिकारी, हसनराजा खान, मेलिना मानन्धर, ओसिमा बानु लगायतका कलाकारको मुख्य भूमिका छ।

फिल्ममा समावेश ‘ल्याङ ल्याङ’ बोलको अडियोले अहिले युटुबमा चर्चा पाइरहेको छ। चलचित्रका बारेमा नायिका नीशा अधिकारी भन्छिन्–‘मलाई यो चलचित्रको भूमिका निकै च्यालेञ्जिङ लाग्यो। दर्शकले मलाई फिल्ममा भिन्न भूमिकामा देख्न पाउनु हुनेछ।’ निर्माता तथा नायक हसनराजा खानले फिल्मबाट दर्शक निराश नहुने र पूर्ण मनोरञ्जन गर्ने दाबी गरे।

SUBSCRIBE 👉