‘रोमियो’ टिजर : हसनकालागि नीशा र ओसिमाको प्रेम आशक्ति


प्रेम कथामा तयार भएको फिल्म ‘रोमियो’को टिजर रिलिज भएको छ। नव निर्देशक शंकर कार्कीको निर्देशनमा तयार भएको यो फिल्म एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो। यो फिल्ममा हसनराजा खान, नीशा अधिकारी, मेलिना मानन्धर, ओसिमा बनुको मुख्य भूमिका छ।

Romeo Nepali Film

नायक हसनराजाको जन्मदिनको अवसर पारेर रिलिज गरिएको टिजरमा हसनका लागि नीशा र ओसिमाको प्रेम आशक्ति देखिएको छ। तर, टिजरले अझै पनि यसको बिषयवस्तु के हो भन्ने खुलाएको छैन। निर्माता तथा नायक हसनले भने–‘हामीले ट्रेलरमा चलचित्रको बिषय के हो भन्ने खुलाउने छौ।’

टिजरमा ‘बाबरी’ बोलको गीतलाई हाइलाइट गरिएको छ। यो फिल्मको ‘ल्याङ ल्याङ’ बोलको गीत अहिले चर्चामा छ। फिल्मको प्रदर्शन मिति २०७४ वैशाख २९ गते तय भएको छ।

SUBSCRIBE 👉