नारायणी किनारमा लक्षु निरौलाको ‘तिम्रो वदन….’


गायक लक्षु निरौलाको ‘तिम्रो वदन….’ बोलको गीतको म्युजिक भिडियो विभिन्न चार टेलिभिजन कार्यक्रममार्फत सोमबार प्रिमियर गरिएको छ। एशियन म्युजिकको यूट्युव च्यानलमा समेत हेर्न सकिने यो गीतमा विक्रम थापाको संगीत र सन्तोष मादेन लिम्बुको शब्द छ। दिवंगत संगीतकर्मी स्व.सुनिल वर्देवाद्वारा संगीत संयोजन गरिएको यो गीतको म्युजिक भिडियोलाई वर्देवाप्रति नै समर्पित गरिएको गायक निरौलाले बताए।

laxu-niraula-music-video

भिडियोमा सञ्जना तिमिल्सिना तथा रोशन सिंहले अभिनय गरेका छन्। मानससिंह सुवालले खिचेको यो भिडियोको सुटिंग काठमाडौं तथा नारायणघाटको नारायणी किनारमा गरिएको हो। सुशिल न्यौपानेले यो भिडियोको निर्देशन तथा सम्पादन गरेका हुन्।

कञ्चनबारी, विराटनगरका गायक लक्षु निरौला डेढ दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन्। यसअघि गायिका ईन्दिरा जोशीसंग ‘रक्सी गिलेनमा……’ शीर्षकको यूगल गीत गाएर चर्चामा आएका गायक निरौलाले दुई वर्षअघि गाएको तिहार विशेष गीत पनि लोकप्रिय भएको थियो।
भिडियो हेर्नुहोस् :

SUBSCRIBE 👉