नायिका वर्षा शिवाकोटी र भिजे रोशन लामाको अनस्क्रिन रोमान्स


गायक मोहन के. राईले ‘तिमीसंग…’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। विभोर पोखरेलद्वारा निर्देशित यो भिडियोमा नायिका वर्षा शिवाकोटी र भिजे रोशन लामाले अनस्क्रिन रोमान्स गरेका छन्।

शैलेन्द्र एम प्रधानद्वारा संगीत संयोजन गरिएको यो गीतको म्युजिक भिडियोमा योगेन्द्र उपाध्यायको शब्द तथा संगीत सुन्न सकिन्छ। आधुनिक पप शैलीको यो गीतको भिडियोका छायांकार अनिल मानन्धर हुन्। ललितपुरको छम्पि गाविसको आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त भिडियोलाई सुशिल न्यौपानेले सम्पादन गरेका छन्।

आमा कन्चन राई र बुवा भैरव बहादुर राईका जेठो सन्तानको रूपमा ईटहरीमा जन्मिएका गायक राई मेचीनगर काकडभिट्टाका स्थायी बासिन्दा हुन्। हाल काठमाडौंमा रहेर आफ्नै व्यवसायमा समेत आवद्ध भई सांगीतिक क्षेत्रमा समेत सक्रिय भईरहेका छन्। विगत एक वर्षदेखि संगीतको प्रशिक्षण लिइरहेका गायक राईले सांगीतिक कार्यक्रमहरुमा समेत सहभागिता जनाइसकेका छन्।

SUBSCRIBE 👉