राजेश पायल राईको चमेली सँग अमेरिकामा दिलिप रायमाझीको रोमान्स


अमेरिकामा लामो समयदेखि बसोबास गर्दै आउनुभएकी गीतकार अम्बिका गुरुङद्वारा रचना गरिएको आधुनिक गीत ‘चमेलीको…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकप्रिय गायक राजेशपायल राईको स्वर रहेको गीतलाई संगीतकार प्रकाश लेप्चाले संगीत गर्नु भएको हो। गीतमा लेप्चाकै संगीत संयोजन छ। उक्त गीत केही समयअघि सार्वजनिक भएको गीतकार अम्बिका गुरुङको एकल एल्बम ‘भावसागर–२’ मा समावेश छ।

अमेरिका मा नै छायांकन गरिएको यो भिडियोमा अभिनेता दिलिप रायमाझी तथा अभिनेत्री सुनिक्षा मैनालीले अभिनय गरेका छन्। रोमान्टिक शैलीको यो गीतको भिडियोमा अभिनेता रायमाझी तथा अभिनेत्री मैनालीले आकर्षक अभिनय तथा नृत्य गरेका छन्।

भरत रेग्मीले सम्पादन गरिएको भिडियोमा अनिशा के क्षेत्रीले निर्देशन गरेकी हुन्। मधु ज्ञवाली यो भिडियोका सह–निर्देश्ँक तथा संयोजक हुन्। परि ड्रिम टिमले यो भिडियो प्रस्तुत गरेको हो। भिडियोमा अञ्जान अधिकारी, अशोक कार्की, बिपुल कार्की, डिनुप बराजुली, सागर खनाल, यक्ष दाहाल, इच्छा पोखरेल, इशा दाहाल, मनमाया दाहाल आदि कलाकारले पनि अभिनय गरेका छन्।

SUBSCRIBE 👉