अभिनेतालाई भिखारी सम्झिँदा…

कलाकारले रुप फेरेर हिड्दा कहिलेकाँही रमाइलो घटना पनि हुने गर्दछ। यसपटक यस्तै रमाइलो घटना भयो हलिउडमा। एक फ्रेञ्च नागरिकले अमेरिकन अभिनेता रिचर्ड गेरलाई न्यूर्योकको भिखारी सम्झिएर पिज्जा दिएपछि यो घटना सञ्चारमाध्यमका लागि राम्रो मसला बन्यो । रिचर्डलाई नचिकिनै ती महिलाले पिज्जा दिएपछि अभिनेता पनि अक्क न बक्क परेका थिए।

richard-gere-given-pizza-from-new-york-city-tourist

Richard Gere given Pizza from new york tourist

४२ वर्षकी करीन वलनैस गोमब्यूले रिचर्डलाई एक झोला पिज्जा दानको रुपमा दिएकी थिईन् । ‘मलाई ती मान्छेको अवस्था देखेर सार्है दया लाग्यो,’मेनहटनको ग्रैण्ड सेन्ट्रल स्टेसनमा रहेको एक स्टोरबाट पिज्जा लिएर फर्कदै गरेकी उनले भनिन्,‘उनलाई पिज्जा दिएपछि मलाई धन्यवाद दिए ।’ आफुले पिज्जा दिएको व्यक्ति रिचर्ड नै हो भन्ने करीनले त्यो बेला थाहा पाईन्, जुन घटना भएको दुई दिनपछि स्थानीय एक पत्रिकामा उनको र रिचर्डको तस्वीर छापियो।

हालैको दिन गेर न्यूर्योकमा फिल्म ‘टाम आउट अफ माइण्ड’को सुटिङमा व्यस्त छन् । त्यही फिल्मको एक दृश्यमा रिचर्ड अभिनय गरिरहँदा ती पर्यटकले उनलाई भिखारी सम्झेर पिज्जा दिएकी थिईन्। ‘रिचर्ड यो उमेरमा पनि यती नै दुरुस्त रहेछन्, उनीसँग भेट्न पाउँदा मलाई खुशी लाग्यो।’

SUBSCRIBE 👉