अब के अर्चनाको भाग्य भारतमा चम्कन्छ त?


पोर्नस्टार बन्छु भन्दै राता रात चर्चामा आएकी थीइन अर्चना पनेरु। सामाजिक सञ्जालमा उनका केहि टपलेस दृश्यहरु छताछुल्ल भएका थिए तेतिबेला। उनले एक बर्ष भित्रै दुइ नेपाली फिल्ममा पनि अभिनय गरिन। आधा दर्जन जति म्युजिक भिडियोहरुमा पनि। ति फिल्महरुको पनि अर्चनाका कारण सामाजिक संजालहरुमा निकै चर्चा थियो तर फिल्मले व्यापार भने गर्न सकेन।

अर्चनाको बारेमा अब भारतमा पनि चर्चा बढेको छ। भारतिए अनलाइन दैनिक भास्करले अर्चनाको बारेमा स्टोरी लेख्दै नेपाली सन्नि लियोनको उपमा पनि दिएको छ। अर्चनाले एक फिल्म खेल्दा साढे चार करोड लिने गरेको समेत वलिउड भास्करले लेखेको छ। सबटाइटलमा अर्चनाको रेट ४.५ करोड लेखेको अनलाइनले पुर्ण न्यूजमा भने ४.५ लाख लेखेको छ। रमाइलो कुरा त के छ भने अर्चनालाइ केहि लाखमा मात्र राजु गिरीले ‘जिस्म’ फिल्मबाट डेब्यू गराएका थिए। अब के अर्चनाको भाग्य भारतमा चम्कन्छ त ? कौतुहलता को बिषय बनेको छ – अर्चनका फ्यानहरुको!

SUBSCRIBE 👉