न्युयोर्क फेशन विकमा निर्मात्री तथा फेशन डिजाइनर पुनम क्षेत्री गौतम


चलचित्र निर्मात्री एव फेशन डिजाइनर पुनम छेत्री गौतम यतिबेला न्युयोर्क पुगिसकेकी छिन्। वर्ल्ड फेशन परेडले आयोजना गर्न लागेको “न्युयोर्क फेशन वीक सिजन ३” मा सहभागीता जनाउन उनि त्यहाँ पुगेकी हुन्। ११ फेब्रुवरीमा आयोजना हुने फेशन शोमा पुनमले आफ्ना डिजाइनहरु प्रस्तुत गर्दैछिन्। रास्ट्रिय भाव र संस्कृतिको फ्युजन गरिएको डिजाइनहरूलाई अन्तरास्ट्रिय मोडलहरुले फेशन सोमा प्रस्तुत गर्ने छन्।

उनको डिजाइनमा नेपालका बिभिन्न जनजातीका पहिरनहरू आधुनिक रुपमा देखिने छन्। आफ्ना सृजनाहरु मार्फत रास्ट्रियता झल्काउने साथै हामी नेपाली एक हौ भन्ने सन्देश दिन खोजेको उनले बताएकी छिन्। ‘चार जात ३६ वर्ण मिलेको फुलबारीलाई नै आधार बनाई सिंगो देशलाई प्रतिनिधित्व गर्ने मेरो लक्ष्य हो’ – उनले भनिन्।

नेपाली कला संस्कृतीको आफ्नै पहिचान होस् ,पुनमको सिर्जनालाई सबैले मनपराउन, सफलताको शुभकामना!

SUBSCRIBE 👉