गुल्मेलीलाई देखाइयो वल्र्डकप इन नेपाल


world-cup-in-nepalग्ल्यामर नेपाल, काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘वल्र्डकप इन नेपाल’ राजधानीमा रहेका गुल्मेलीलाई बुधबार देखाइएको छ । रामशरण पाठकले निर्देशन गरेको फिल्म गुल्मेली समाज काठमाडौंका सदस्यहरुलाई देखाइएको हो ।

फिफा वल्र्डकप खेल्ने सपना देखेका साना खेलाडीको कथालाई सदस्यहरुले मनपराएका थिए । फिल्म गुल्मीका सभासद चन्द्र भण्डारी, नेपाल समाचारपत्र दैनिकका सम्पादक टंक पन्तलगायतले हेरेका थिए । कार्यक्रममा फिल्मका प्रस्तुतकर्ता प्रकाश थापाले हरेक नेपालीको विश्वकप खेल्ने सपनासँग फिल्मलाई दाँजिएको बताए ।
world cup
नेचुरल मुभी मेकर्स प्रा.लि.को व्यानरमा निर्मित फिल्ममा अण्डर १९ वर्षका खेलाडीहरु उमेश थापा, प्रवीण तामाङ, एलेन न्यौपाने, सुजन तामाङ, विपिन सापकोटा, आदित्य चौधरीसहित गिरिप्रसाद पुन, शर्मिला शर्मा, सोनु केसी, संगम राई, गोपाल अर्याललगायतले अभिनय गरेका छन् । राम तामाङ निर्माता रहेको फिल्ममा निर्देशक पाठककै पटकथा, जुगल डंगोलको संगीत, राजु भण्डारीको सम्पादन, कृष्णभक्त महर्जनको नृत्य र मनिष पन्थको छायांकन रहेको छ।

SUBSCRIBE 👉