विवाहित गुरुङ महिलाहरुमा केन्द्रित – मिसेस् तमुस्योको तयारी


विवाहित गुरुङ महिलाहरुमा केन्द्रित सौन्दर्य प्रतियोगिता ‘मिसेस् तमुस्यो’ को पहिलो संस्करणको तयारी अगाडि बढाइएको छ। यस अघि मिसेस् तामाङ आयोजना गरेको संस्था एसके इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको मिसेस् तमुस्यो प्रतियोगिताले गुरुङ समुदायको भाषा, कला संस्कृति, मौलिक भेषभुषा र समग्रमा जातिय पहिचानलाई सौन्दर्य प्रतियोगिता मार्फत् प्रवद्र्धन गर्नुका साथै विवाहित गुरुङ महिलाहरुको प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकास र सशक्तिकरणमा योगदान पु¥याउने उद्देश्य लिएको आयोजक पक्षले उल्लेख गरेको छ।

प्रतियोगितामा सहभागि हुन चाहने विवाहित गुरुङ महिला कम्तिमा पाँच फिट उँचाईको हुनुपर्ने तथा शैक्षिक योग्यताको हकमा कम्तीमा एसएलसी उत्तीर्ण हुनुपर्ने प्रावधान राखिएको छ। सहभागिता लागि आवेदन खुल्ला गरिएको यो प्रतियोगिताको प्रशिक्षण अडिसन राउन्ड सम्पन्न भएपछि हुने र करिब एक महिनाको तालिम पश्चात् ‘मिसेस् तमुस्यो’ चयन गरिने बताइएको छ।

SUBSCRIBE 👉

Leave a Comment