सातौँ सँस्करणको बिग आइकनको ग्राण्ड फिनाले चैत १८ गते

सातौँ सँस्करणको बिग आइकन फाइनल राउण्डमा प्रवेश गरेको छ। उत्कृष्ट ४ प्रतिस्पर्धीमध्येबाट गत विहिबार लेखनाथकी सौजन्या तामाङ बाहिरिएपछि प्रतियोगिताले ‘ग्राण्ड फिनाले’ राउण्डमा प्रवेश पाएको हो।


रेम बिक, पोखरा । सातौँ सँस्करणको बिग आइकन फाइनल राउण्डमा प्रवेश गरेको छ। उत्कृष्ट ४ प्रतिस्पर्धीमध्येबाट गत विहिबार लेखनाथकी सौजन्या तामाङ बाहिरिएपछि प्रतियोगिताले ‘ग्राण्ड फिनाले’ राउण्डमा प्रवेश पाएको हो।

यो पटक बिग आइकनको ग्राण्ड फिनालेमा चितवट पटिहानीका सागर आले, लेखनाथका सुवास गुरुङ र पोखरा संगमटोलकी प्रिया गुरुङ भिड्दैछन्। सातौँ सँस्करणको बिग आइकनको ‘ग्राण्ड फिनाले’को विशेष कार्यक्रम आगामी चैत १८ गते शुक्रबार पोखरा सभागृहमा हुने एफएमले जनाएको छ।

५४ जिल्लाका ११ सय ५२ प्रतिस्पर्धीमध्येबाट छानिएर तीन जना प्रतिस्पर्धीहरु ग्राण्ड फिनालेमा पुगेका हुन्। करिब २ महिनाको अन्तरालमा भएको २२ भन्दा बढि विभिन्न राउण्ड पार गरेपछि मात्रै उनीहरु फाइनलमा पुगेका हुन्। तीनै जना प्रतिस्पर्धीले ग्राण्ड फिनाले राउण्डका लागि विहिबारै आ–आफ्नो प्रस्तुती दिए। विहिबार भएको ग्राण्ड फिनाले राउण्डमा प्रतिस्पर्धीहरुले २÷२ वटा गीत गाएका थिए।

यो पटकको बिग आइकनमा गायक श्यामसुङ तामाङ, विवेक श्रेष्ठ र संगीतकार सुनील थापा निर्णायक रहेका थिए।

प्रतियोगिताको सम्पूर्ण राउण्ड सकिएपछि बिग आइकन ग्राण्ड फिनालेको तयारीमा जुटेको छ। आगामी चैत १८ गते हुने ग्राण्ड फिनाले कार्यक्रममा फाइनलिस्टसँगै उत्कृष्ट १० मा परेका सम्पूर्ण प्रतिस्पर्धीले प्रस्तुती दिनेछन्।

बिग आइकनको ग्राण्ड फिनालेबाट सर्वोत्कृष्ट एक जनालाई छनौट गर्न अब पूर्ण रुपमा एसएमएस भोटको भर रहने एफएमले जनाएको छ। भोटिङको आधारमा सातौँ सँस्करणको बिग आइकन छनौट हुनेछन्। जसअनुसार फाइनलमा प्रवेश पाएका सागर आलेलाई भोट गर्न BIG space SA, सुबास गुरुङलाई भोट गर्न BIG space SG र प्रिया गुरुङलाई भोट गर्न BIG space PG टाइप गरि 34321 मा पठाउनु पर्नेछ ।

यो पटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्नेछ। त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

तस्वीर: जक्शन डटकम

SUBSCRIBE 👉