प्रतिभावान कलाकारको खोजी गर्दै दयाहाङ, अनुप र ऋचा


अभिनेता दयाहाङ, अनुप बराल र अभिनेत्री ऋचा शर्माले अभिनयमा होनहार प्रतिभाको खोजी गरिरहेका छन्। नेपाली कलाक्षेत्रका हिट यी कलाकारले रियालिटी शो ‘नेशनल एक्टिङ कम्पिटिसन’ मार्फत अभिनयमा प्रतिभा खोजिरहेका हुन् अर्थात् ‘नेशनल एक्टिङ कम्पिटिसन’मा निर्णायकको भुमिका यी कलाकारले निर्बाह गरिरहेका छन्।

इमेज च्यानलबाट गत ५ फागुन देखि हरेक बिहीबार बेलुका ८ः२० बजे प्रसार हुँदै आएको यो कार्यक्रम अहिले दर्शकको रोजाइमा परेको छ। कलाक्षेत्रमा प्रतिभावान कलाकार जन्माउने उदेश्यले ‘नेशनल एक्टिङ कम्पिटिसन’ सुरु गरिएको आयोजक नेक्स्ट मोडल्स नेपालले जनाएको छ।

आठ हजार प्रतियोगी मध्यबाट बिभिन्न चरण पार गर्दै छानिएका उत्कृष्ट ४५ प्रतियोगी बीच अहिले शिर्ष उपाधिका लागि प्रतिस्पर्धा चलिरहेको छ। आउँदो बैशाख ३१ गते राजधानीमा एकभब्य कार्यक्रम बीच हुने अन्तिम प्रतियोगीताको बिजेताले दुई लाख पचास हजार बराबरको पुरस्कारका साथेै बिभिन्न अवसरहरु प्राप्त गर्नेछन।

प्रतियोगीतामा टप २५, टप १५, टप ८ हुँदै विजयी छानिने छ। अडिसनबाट छानिएका प्रतिस्पर्धिहरुलाई अनुप बराल, विक्रम परियार, देव न्यौपाने, दिया मास्केलगायतले प्रशिक्षण दिनेछन्।

यो रियालिटी शोबाट नव प्रवेशीको प्रतिभा निखार्ने तथा अभिनयमा अगाडि आउन हौसला प्रदान गर्ने अभिनेता दयाहाङ राइले बताएका छन् भने अभिनय प्रति आमजनमानसमा सकारात्मक सन्देश प्रवाह गर्दै अभिनयमा अगाडि आउन मद्दत पुर्याउने अभिनेत्री ऋचा शर्माले बताइन्। त्यस्तै अभिनयमा भबिस्य खोज्न चाहनेका लागि यो रियालिटी शो उपयुक्ट भएको अनुप बराले बताए।

SUBSCRIBE 👉