तेस्रो पटकको प्रयासमा सुवास गुरुङ्ग बने सातौँ बिग आइकन विजेता

Subash Gurung, 7th Big Icon Winner | सुवास गुरुङ सातौँ बिग आइकन बनेका छन्। दुई प्रतिस्पर्धी चितवन पटिहानीका सागर आले र पोखरा संगमटोलकी प्रिया गुरुङलाई भोटिङको आधारमा उछिन्दै उनले सातौँ सँस्करणको बिग आइकनको ताज आफ्नो पोल्टामा पारे।


रेम बिक । पोखरा, सैनीकबस्ती लेखनाथका सुवास गुरुङ सातौँ बिग आइकन बनेका छन्। दुई प्रतिस्पर्धी चितवन पटिहानीका सागर आले र पोखरा संगमटोलकी प्रिया गुरुङलाई भोटिङको आधारमा उछिन्दै उनले सातौँ सँस्करणको बिग आइकनको ताज आफ्नो पोल्टामा पारे।

पोखरा सभागृहमा खचाखच दर्शकमाझ प्रमुख अतिथि रहेका रवीन्द्र मिश्रले विजेताको नाम घोषणा गर्दै गर्दा सुवासका आँखा रसाय।आफुलाई भोट गर्ने स्रोताहरु, सहयोग गर्ने साथीभाई, ईष्टमित्र र आफन्तलाई उनले धन्यबाद दिए। निरन्तरको प्रयास पछि आफु सफल भएको भन्दै उनले आगामी दिनमा साँगीतिक करिअरलाई अगाडि बढाउन अझै बढि चुनौती थपिएको प्रतिक्रिया दिए।

सुवास चौथो बिग आइकनमा पहिलो चरणको अडिसन राउण्डबाटै प्रतियोगिताबाट बाहरिएका थिए। यद्यपी उनले हिम्मत नहारिकन पुनः छैठौँ बिग आइकनमा सहभागिता जनाए। अघिल्लो पटक उनी उत्कृष्ट २० राउण्डबाट पुनः बाहिरिए। उनले अठोट भने लिएकै थिए कि, ‘बिग आइकनको ताज कुनै हालतमा जित्छु।’ तेस्रो पटकमा मात्रै उनी सफल भए। ‘मैले संसार जितेको अनुभव गरेको छु।’ सुवासले भने।

बिग आइकन भएसँगै सुवासले १ लाख ७५ हजार रुपैयाँ बराबरको यामाहा स्कुटर र बेलायतको सांगीतिक भ्रमण गर्ने अवसर पुरस्कार स्वरुप प्राप्त गरेका छन्। सातौँ बिग आइकन अन्तरगत चितवन पटिहानीका सागर आले फस्ट रनर अप भए भने पोखरा संगमटोलकी प्रिया गुरुङ सेकेन्ड रनरअप भईन्।

बिग आइकन घोषणा गरेसँगै साझा पार्टीका परिकल्पनाकार समेत रहेका रवीन्द्र मिश्रले सुवासले ‘निरन्तर प्रयासले नै सफलता मिल्ने’ उदाहरण प्रस्तुत गरेको बताए। उनले अन्य दुई उपविजेताहरुलाई पनि सफलताको शुभकामना दिए।

कार्यक्रममा फाइनलिस्टसँगै सातौँ बिग आइकनका उत्कृष्ट १० प्रतिस्पर्धीले समेत प्रस्तुती दिएका थिए। सोहि क्रममा बिग आइकनका निर्णायद्वय श्यामसुङ तामाङ, विवेक श्रेष्ठसँगै यसअगाडिका बिग आइकन विजेताहरु मुस्कान रानाभाट र साजन आलेले पनि प्रस्तुती राखे।

बिग एफएमले ‘बिग आइकन’को ग्राण्ड फिनालेमा टिकट विक्रिबाट उठेको सम्पूर्ण रकम पोखरा उद्योग वाणिज्य संघद्वारा संचालित ‘बालश्रम न्यूनिकरण कार्यक्रम’लाई उपलब्ध गराएको छ। शुक्रबार भएको कार्यक्रम अन्तरगत टिकट विक्रिबाट ५२ हजार ५० रुपैयाँ संकलन भएको थियो।

SUBSCRIBE 👉