बैशाखमा मिस्टर नेपाल २०१७


‘मिस्टर नेपाल २०१७’ का लागि २४ युवा छानिएका छन्। देशभर बिभिन्न चरणमा आयोजना गरिएको अडिसनबाट यी प्रतियोगीहरु छानिएका हुन्। छानिएका प्रतियोगीहरु केही दिनमै प्रशिक्षण जुट्ने छन्।

Mr Nepal / file photo: Glamour Nepal

अडिसनबाट छनिएका प्रतियोगीले स्वमिङ, फुटवल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका विधामा दक्ष प्रशिक्षक द्धारा प्रशिक्षण पाउने छन्।

यसका बिजेताले नेपालको प्रतिनिधित्व गर्दै एकसय भन्दा बढि राष्ट्रको सहभागीता रहने ‘मिष्टर वर्ल्ड ’मा भाग लिन पाउनेछन् साथै मोटर बाइक लगायत बिभिन्न उपहार जित्न सक्नेछन्। प्रतियोगीताको अन्तिम स्पर्धा बैशाख महिनामा आयोजक संस्था एक्स्पोज नेपालले जानकारी दिएको छ।

SUBSCRIBE 👉